२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा कुँवर निर्वाचित

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा कुँवर निर्वाचित

साझा पोष्ट
शनिबार, साउन १० २०८२
  • images
    images
    एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा कुँवर निर्वाचित

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । 


    images

    शनिबार भएको निर्वाचनबाट अध्यक्षमा कुँवर निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित कुँवरले ६ हजार ८३९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी भैरव ढकालले ३ हजार ७२७ र  सन्जिव ढकाल गोर्खालीले २ हजार १२६ मत पाए । 

    झण्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव  थिए । यसैगरी, उपाध्यक्षमा बबिन मिश्र र महासचिवमा चुणमणि सापकोटा निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित मिश्रले ७ हजार २६१ मत पाउँदा उनका प्रतिद्वन्द्वी रमेश पौडेलले ४ हजार ६१९ मत पाए । महासचिवमा निर्वाचित सापकोटाले ७ हजार ३० मत पाउँदा प्रतिद्वन्द्वीहरू भरतमणि देवकोटाले ३ हजार २५३ र अर्जुन गौतमले १ हजार ८१४ मत पाए ।

    कोषाध्यक्षमा भने निजन चौलागाईं ७ हजार ८७ मत सहित विजयी भए । ा उनका प्रतिद्वन्द्वी लुना सिवाकोटीले ४ हजार ७५६ मत पाइन् । सचिवमा कल्याण खड्का  ७ हजार १८० मतका साथ निर्वाचित भएका छन् ।


    एनआरएन अस्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिज्नो अधिकारी र राष्ट्रिय युवा संयोजकमा पुकार घिमिरे निर्वाचित भएका छन् ।  निर्वाचनमा अध्यक्ष कुँवरको प्यानलबाट निर्वाचनमा होमिएकामध्ये अधिकांश विजयी भएका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार