२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने छत्रबहादुरकाे प्रहरीको गोलीबाट मृत्यु

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने छत्रबहादुरकाे प्रहरीको गोलीबाट मृत्यु

साझा पोष्ट
मंगलबार, फागुन १२ २०८२
  • images
    images
    अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने छत्रबहादुरकाे प्रहरीको गोलीबाट मृत्यु

     काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा श्रीमती र छोरीको हत्या गर्ने एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ ।


    images

    सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने छत्रबहादुर थापालाई फेयरफ्याक्स काउन्टी प्रहरीले गोली हानेर मारेको हो । 

     नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमका अनुसार थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापाको मृत्यु भएको छ ।  थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत घाईते छन् । ज्वाइँलाई आक्रमण गरिरहेका बेला प्रहरीले छत्रबहादुरलाई गोली हानेको हो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार