२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर

साझा पोष्ट
सोमबार, वैशाख ७ २०८३
  • images
    images
    काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर

     काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् ।


    images

    उनी आज बिहान सवा ६ बजेतिर  त्रिभुवन विमानस्थलमा अवतरण भएको बताइएको छ । उनी बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।

    भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन् । 

    काठमाडौंको तीन दिने बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे । उनी बुधबार फर्किनेछन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार