काठमाडौं । प्रहरीले राप्रपाका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


