काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिनी अक्सनमार्फत ५२ खेलाडी अनुबन्ध भएका छन् । सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न ८ टोलीमा अनुबन्ध भएका हुन् ।
अक्सनमा राष्ट्रिय टोलीका ओपनर एवम् विकेटकिपर आसिफ शेख सर्वाधिक रकममा बिके । उनलाई अनुबन्ध गर्न चितवन राइनोजबाहेकका ७ टोलीले बोली लगाएका थिए । लक्की ‘ड्र’ मा लुम्बिनी लायन्स भाग्यमानी बन्यो । दोस्रो सिजनको विजेता लुम्बिनीले २० लाखमा आसिफलाई अनुबन्ध गर्यो ।
दोस्रो उच्च मूल्यमा रुपेशकुमार सिंह र बिबेककुमार यादव समान १५ लाख रुपैयाँमा क्रमशः विराटनगर किङ्स र चितवन राइनोजमा आबद्ध भए। त्रितराज दास र अर्जुन घर्ती क्षेत्री पनि १५ लाख रुपैयाँमै जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्समा अनुबन्ध भए।
यस्तै, किशोर महतोलाई लुम्बिनी लायन्स, शुभ कसाकारलाई कर्णाली याक्स तथा दिपक बोहरालाई सुदूरपश्चिम रोयल्सले समान १० लाख रुपैयाँमा अनुबन्ध गरेका छन्। लुम्बिनी लायन्सले सबैभन्दा धेरै ४४ लाख रुपैयाँ खर्च गरेको छ। जनकपुर बोल्ट्सले ४१.२५ लाख र विराटनगर किङ्सले ३५.२५ लाख रुपैयाँ खर्च गरेका छन्।
विराटनगर किङ्स
रुपेशकुमार सिंह – १५ लाख
सुजन थपलिया – ४.२५ लाख
नरेन साउद – ५ लाख
दिलसाद अली – ५ लाख
चितवन राइनोज
बिबेककुमार यादव – १५ लाख
मौसम ढकाल – ३ लाख
अशोक धामी, बिपिन रावल, गौतम केसी र सलाउद्दिन खान – २–२ लाख
जनकपुर बोल्ट्स
त्रितराज दास – १५ लाख
ऋत गौतम – ४.२५ लाख
अभिषेक तिवारी, विशालकुमार पटेल र अमरसिंह रौटेला – ५–५ लाख
कर्णाली याक्स
शुभ कंसाकार – १० लाख
बिपिनप्रसाद शर्मा – ५ लाख
दिपेन्द्र रावत – ५ लाख
सूर्य तामाङ, सचिन शर्मा र दिवान पुन – २–२ लाख
काठमाडौं गोर्खाज
साहिल पटेल – ५ लाख
प्रशिद्ध जैशी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह र सूर्यांशु कोइराला – २–२ लाख
लुम्बिनी लायन्स
आसिफ शेख – २० लाख
किशोर महतो – १० लाख
दुर्गेश गुप्ता र आकाश त्रिपाठी – ५–५ लाख
अरनिकोप्रसाद यादव र अजय चौहान – २–२ लाख
पोखरा एभेन्जर्स
अर्जुन घर्ती क्षेत्री – १५ लाख
बिबेक रानामगर – २.७५ लाख
सुदीप अर्याल – ३ लाख
सन्नी बिके, प्रतिक पोखरेल र बिपिन आचार्य – २–२ लाख
सुदूरपश्चिम रोयल्स
दिपक बोहरा – १० लाख
अनिल खरेल – ५ लाख
मिलन बोहरा – ५ लाख
सचिन भट्टा, आयुब चन्द र टेक रावत – २–२ लाख


