२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त, को कहाँ ?

तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त, को कहाँ ?

साझा पोष्ट
शुक्रबार, साउन २२ २०८३
  • images
    images
    तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त, को कहाँ ?

    काठमाडौं,साउन २२ । सरकारले तीनै वटै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ। 


    images

    प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको नेतृत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले कुलपति र पदाधिकारी नियुक्त गरेका हुन्। 

    नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी र उपकुलपतिमा अविनाश श्रेष्ठ नियुक्त भएका छन् भने सदस्य सचिवमा रोशन शेरचन नियुक्त भएका छन्। 

    यस्तै, परिषद् सदस्यहरूमा प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रुपा कुमारी, नविन नेपाली, दिपक सापकोटा र दुर्गाबहादुर घर्ती रहेका छन्। 

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा एरणा ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डंगो र सदस्य सचिवमा कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन्। परिषद् सदस्यमा जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याल छन्। 

    नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम र सदस्य सचिवमा भुपेन्द्रसिंह रायमाझी नियुक्त भएका छन्।

    त्यस्तै, परिषद् सदस्यमा छेन्दोक हाङ राई, जीतबहादुर देउजा, सुविमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ छन्। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार