२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

एकै दिन ६ हजार ८ सय ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ ठाउँमा पाइने

एकै दिन ६ हजार ८ सय ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ ठाउँमा पाइने

साझा पोष्ट
शनिबार, साउन ३० २०८३
  • images
    images
    एकै दिन ६ हजार ८ सय ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ ठाउँमा पाइने

    काठमाडौं,साउन ३० । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बेचेकाे छ । 


    images

     टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको निगमले जनाएकाे छ  

    वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।

    आइतबार थप सात ठाउँबाट ग्यास बिक्री गरिने

    निगमले आइतबार काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्।

    यसैगरी, नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम, नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम, बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ।

    चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिने निगमले जनाएको छ।

    त्यस्तै, बुढानिलकण्ठस्थित पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास बिक्री हुनेछन्। कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिने भएको छ। 

    निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ। बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ। 

    कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार