२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

गगनलाई पूर्णबहादुरको अपिल: हिम्मतका साथ पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुनुस्

गगनलाई पूर्णबहादुरको अपिल: हिम्मतका साथ पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुनुस्

साझा पोष्ट
आइतबार, साउन २४ २०८३
  • images
    images
    गगनलाई पूर्णबहादुरको अपिल: हिम्मतका साथ पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुनुस्

    काठमाडौं,साउन २४ । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले आधिकारिता विवादमा सर्वोच्च अदालतले दिएको निस्सा पार्टीको सम्पूर्ण एकताको  अन्तिम अवसर भन्दै एकताका लागि काम गर्न सभापति गगन थापालाई अपिल गरेका छन् । 
    पार्टीमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद–सहमतिबाट सुदृढ एकता पूर्वसर्त हुनुपर्र्नेेमा उनले जोड दिएका छन् । 


    images

    ‘पार्टीको आधिकारिकताको विवादका विषयमा सर्वोच्च अदालतले निस्सा दिएपछिको ३ दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका टिप्पणी हेर्दा साहृै चिन्तित बनाएको छ,’ आइतबार साँझ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेको अवस्था अनि कांग्रेस पार्टी ईतिहासमै सबैभन्दा बढि कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हो। यसका लागि हामी बिचमा सहिष्णुता, संवेदनशिलता र सहअस्तित्वको समभाव सिर्जना गरि संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो।’

    वर्तमान भीमकाय चुनौतिहरूको सामना गर्नका लागि पार्टीका जिम्मेवार प्रत्येक व्यक्तिले आफ्ना व्यक्तिगत अस्वाभाविक महत्वाकाङ्क्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुन्ठाबाट मुक्त हुनुपर्ने उनको भनाइ छ। 

    सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढ्न खड्काको आग्रह छ।

    ‘सम्मानित सर्वोच्च अदालतको पूर्ण ईजलासले पुनरावलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ, उनले लेखेका छन्, ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ– तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरु सबै यसका लागि सहयोगी हौँ र बन्छौँ। तर यहाँनिर स्पष्ट हुन जरुरी छ।’

    उनले विशेष जोड दिँदै लेखेका छन्, ‘निर्णायक तपाईं हो– तपाईं।’

    पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लागि पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेतालाई खड्काले विशेष अनुरोध र अपिल समेत गरेका छन् । 

    ‘राष्ट्र रहे बहुदलीय लोतन्त्र रहन्छ, पार्टी रहन्छ, अनि त्यसमा हामी रहने ठाउँ रहन्छ, नभए सबै खरानी हुन्छ। हामी सबैमा हेक्का रहोस्,’ उनले लेखेका छन्।

    सामाजिक सञ्जालको दोहोरी र गाली गलोजले कहीँ नपुगिने भन्दै यस्तो प्रवृत्ति सबै लागेर बन्द गर्न उनको आग्रह छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार