काठमाडौं, साउन २४ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच ४५ मिनेट छलफल भएको हो।
रवि र बालेनबिच पछिल्लो पटक दूरी बढ्न थालेको चर्चा र संकेतकाबीच सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४५ मिनेट भेटघाट भएको रविनिकट स्रोतले पुष्टि गरेको छ ।
उनीहरूबीच सरकारका आगामी कदमहरू, रविको चीन भम्रण लगायतका विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ ।


