२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

मुग्लिन-काठमाडौं सडक ८ घण्टापछि सञ्चालनमा

मुग्लिन-काठमाडौं सडक ८ घण्टापछि सञ्चालनमा

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    मुग्लिन-काठमाडौं सडक ८ घण्टापछि सञ्चालनमा

    काठमाडौं,साउन ३१ । मुग्लिन-काठमाडौं सडक ८ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजे सडक दुई तर्फी खुलेको हो । 


    images


    चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

    सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो ।
    पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार