२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

भारतका प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगे

भारतका प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगे

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    भारतका प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगे

    काठमाडौं,साउन ३१ । भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगेका छन् ।


    images

    प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा प्रधानसेनापति जनरल सेठ चारदिने औपचारिक भ्रमणका लागि आइतवार दिउँसो काठमाडौं आएका हुन् ।

    जनरल सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम छ । शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपतिले मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    india_army_chief_2.jpg

    भ्रमणका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्ने तथा नेपाल–भारतबीचको द्विपक्षीय सैन्य सहयोगका विषयमा छलफल गर्ने बताइएको छ । जनरल सेठले ३० जुन २०२६ मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

    प्रधानसेनापति बनेपछिको सेठको नेपाल भ्रमण पहिलो विदेश भ्रमण हो। नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार