काठमाडौं,साउन ३१ । भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ।
लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेलकाे क्यानडाको क्यालगरीमा निधन भएकाे हाे ।
उनका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्छन्।
नेकपा एमालेको तत्कालीन सरकारले उनलाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत बनाएको थियो।
त्यतिबेला नेपाल-भारत द्विपक्षीय सम्बन्ध विस्तार गर्न उनले राम्रो भूमिका निर्वाह गरेका थिए।
प्रा.धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए।
भक्तपुर पुर्ख्याैली घर भएका उनको जन्म १९९२ फागुनमा सिरहामा भएको थियो।


