२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

भारतीय प्रधानसेनापति आज काठमाडौं आउँदै

भारतीय प्रधानसेनापति आज काठमाडौं आउँदै

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    भारतीय प्रधानसेनापति आज काठमाडौं आउँदै

    काठमाडौं,साउन ३१ । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठ नेपाल आउँदैछन्।


    images

    आइतबार अपराह्न ४ बजेतिर उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली सेनाले जनाएको छ।

    नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतका अनुसार उनी चार दिने भ्रमणमा काठमाडौं आउन लागेका हुन्।

    सोमबार प्रधान सेनापति सेठले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम छ ।

    नेपाल-भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।

    उनी गत जुन ३०मा भारतको ३१औं प्रधान सेनापति नियुक्त भएका थिए। उनले प्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका बालेन्द्र शाहसँग पनि भेट्ने सम्भावना छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार