२०८३, भदौ ७ गते

आइतबार, भदौ ७ गते २०८३

आइतबार, भदौ ७ गते २०८३

प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ मन्दिरमा पूजाअर्चना

साझा पोष्ट
शनिबार, भदौ ६ २०८३
  • images
    images
    प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ मन्दिरमा पूजाअर्चना

    काठमाडौं,भदौ ६ ।  प्रधानमन्त्री वालेन्द्र शाहले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। 


    images

    प्रधानमन्त्री शाहले शनिबार मुक्तिनाथ पुगेर पूजाअर्चना गरेका हुन्। जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरेका छन्। 

    प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गरेका थिए। मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री शाह जोमसोम फर्किएका छन् ।  उनी घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका छन। 
    काठमाडौँबाट शुक्रबार निजी भ्रमणमा निस्कएका प्रधानमन्त्री शाह शनिबार दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेका थिए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार