२०८३, असोज ११ गते

आइतबार, असोज ११ गते २०८३

आइतबार, असोज ११ गते २०८३

ओलीले छोड्नुपर्छ, हामी सहमतिमा नेतृत्व चयन गर्छाैं : योगेश

ओलीले छोड्नुपर्छ, हामी सहमतिमा नेतृत्व चयन गर्छाैं : योगेश

साझा पोष्ट
शुक्रबार, असोज २ २०८३
  • images
    images
    ओलीले छोड्नुपर्छ, हामी सहमतिमा नेतृत्व चयन गर्छाैं : योगेश

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओली नेतृत्वबाट बिदा हुनुपर्ने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले अध्यक्ष ओलीले अब स्वविवेकले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुने । 


    images

    पार्टी पुनर्गठन र ओलीले नेतृत्व छोड्नुको विकल्प नभएको उनले बताए । ओलीले नेतृत्व छाडेपछि सहमतिमा आफूहरूले नयाँ नेतृत्व चयन गर्ने पनि उनले बताए।

    उनले भने, ‘यसरी पार्टी जान सक्दैन। केही न केही नयाँपन दिनुपर्छ। त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, सङ्गठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली र नेतृत्वको हस्तान्तरण हो। यो प्रक्रियाबाट नै नेकपा एमाले पुनर्जागृत हुन सक्छ।’
    उनले देशभरका सदस्यहरूबाट आएको सुझावको आधारमा पार्टी पुनर्गठन हुनुपर्ने बताए।  निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन गर्न प्रस्ताव बनाउन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा कार्यदल बनेपनि अध्यक्ष ओलीको हस्तक्षेपको कारणले प्रतिवेदन दिन नसकेको बताए।

    उनले भने, ‘कार्यदलको समझदारी अनुसार महासचिव शङ्कर पोखरेललाई प्रतिवेदन लेख्ने जिम्मा दिइयो। उहाँले प्रतिवेदन बनाउनुभयो। मूलतः अध्यक्षले त्यो प्रतिवेदनप्रति असहमति जनाउनुभयो। त्यो प्रतिवेदन छलफलमा अगाडि बढ्न दिइरहेको अवस्था छैन। त्यसको काउन्टरमा अर्को प्रतिवेदन लेख्न लगाइयो।’

    उनले एक वर्षको पार्टीको समग्र समीक्षा गर्नुपर्ने बताए।उनले थपे, ‘जनतासँगको सम्बन्ध कहाँ टुट्यो, त्यहाँ सच्याउने। नवयुवाहरू हाम्रो पार्टीमा किन आएनन्, त्यसको विश्लेषण गरेर सच्याउने। अनि समग्रतामा पार्टीलाई नयाँ ढङ्गले पुनर्जागृत गर्ने। यो आजको नेकपा एमालेको आवश्यकता हो र यो मुलुकको पनि आवश्यकता हो।’

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार