२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्ने

एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्ने

साझा पोष्ट
शनिबार, असोज ३ २०८३
  • images
    images
    एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्ने

    काठमाडौं, असोज ३ ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक ९ गते (२६ अक्टोबर) देखि सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।
     यसपटक पनि खेलहरु दिउँसो तथा रात्रिकालिन रुपमा फ्लडलाइटमा खेलाइनेछ । जसअनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भीड्नेछन् ।


    images

    १५ नोभेम्बरसम्म समूह चरणका खेल हुनेछन् । १७ नोभेम्बरमा क्वालिफायर १ (पहिलो र दोस्रो स्थानमा रहने) टोलीबीच खेल हुनेछ । यस्तै, १८ नोभेम्बरमा एलिमिनेटर (तेस्रो र चौंथो स्थानमा रहने) टोलीबीच खेल हुने तालिका छ । १९ नोभेम्बरमा क्वालिफायर २ खेल हुनेछ । जसमा क्वालिफायर १ को पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ ।

    फाइनल खेल २१ नोभेम्बरमा हुनेछ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।  सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो ।

    npl.jpg
    undefined

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार