२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

साझा पोष्ट
बुधबार, असोज ७ २०८३
  • images
    images
    काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

    काठमाडौं,असोज ७ ।  काठमाडौ विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८६ वर्षाीय शर्माको बुधबार साँझ निधन भएको हो । 
    विहीबार दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको बालकुमारी सिथ्त विश्वविद्यालयको स्कुल अफ म्यानेजमेण्टमा राखिने छ ।
    विद्यालय तहदेखि उच्च शिक्षासम्म शर्माको योगदान छ । उनी विश्वविद्यालय स्थापना पछि लगातार ६ कार्यकाल काठमाडौ विश्वविद्यालयको उपकुलपति भएका थिए । 


    images

    बेलायतबाट रसायन शर्मा नेपालको प्राविधिक शिक्षा क्षेत्रमा समेत स्थापित नाम हो । उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशक पनि थिए ।

    अहिले सञ्चालनमा रहेका देशका धेरै प्राविधिक शिक्षालयहरुको स्थापनामा पनि उनको भूमिका छ । उनी बूढालीनकण्ठ स्कुलको अध्यक्ष पनि भएका थिए । शर्माकी एक छोरीको निधन भईसकेको छ । उनका चार छोरी थिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार