काठमाडौं, असोज ९ । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान माथि उक्लिएको छ । १४औँ स्थानमा उक्लिएको छ ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपाल दुई स्थान सुधार्दै १४औँ स्थानमा पुगेको हो ।
शुक्रबार जापानको नागोयामा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेपछि भएको वरियता अद्यावधिकमा नेपाल माथि उक्लिएको हो ।



