काठमाडौं, असोज १६ । ट्राफिक प्रहरीले विहीवार नागढुङ्गा सुरुङ मार्गमा नियम उल्लघंन गरी सवारी चलाउने १३ जना चालकलाई कारवाही गरेको छ ।
ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको सुरुङमार्गमा ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने १३ जना चालकलाई कारवाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यदि कोही कसैले पटक पटक लेन अनुशासन, तीब्र गति जस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएमा आगामी दिनमा सुरुङ मार्ग प्रवेशमा निषेध समेत गरिने चेतावनी दिइएको छ ।
'सुरुङमार्गमा ओभरटेक, तीब्रगति जस्ता अन्य ट्राफिक नियम विपरित सवारी चलाउदा दुर्घटनाको जोखिम बढ्ने, जनधनको क्षति हुने र तत्कालै उद्दारकार्यको लागि समेत असहज हुने भएकोले सुरुङमार्ग प्रयोग गर्दा बढी संवेदनशील भई ट्राफिक नियम पालना गरी सवारी साधन चलाउनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गर्दछ।' काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिँदै भनेको छ, 'सुरुङमार्गमा संवेदनशील मार्ग हो, यदि कोही कसैले पटक पटक लेन अनुशासन, तीब्र गति जस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएको पाइएमा सो सवारी साधन र सवारी चालकलाई आगामी दिनमा सुरुङ मार्गमा प्रवेश निषेधसमेत हुनेछ। '



