२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

गगनसँगको भेटवार्तापछि उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै डा.मिनेन्द्र रिजाल

गगनसँगको भेटवार्तापछि उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै डा.मिनेन्द्र रिजाल

साझा पोष्ट
बुधबार, असोज २१ २०८३
  • images
    images
    गगनसँगको भेटवार्तापछि  उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै डा.मिनेन्द्र रिजाल

    काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने भएका छन् ।


    images

    उनले पार्टी सभापति र सभापतिका उम्मेदवार गगन थापासँग सम्वादपछि उम्मेदवारी फिर्ता लिने घोषणा दिएका हुन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा रिजालले उपसभापतिमा उम्मेदवारी दिएका उनले आज उम्मेदवारी फिर्ता लिनेछन् ।
    सभापति थापासँग भएको सम्वादको भिडियो सार्वजनिक गर्दै रिजालले भनेका छन्, ‘अहिले म आकांक्षीको रहरबाट अलग भए भएँ, बाँकी कुरा सभापतिले पार लगाउनेमा ढुक्क छु ।’


    उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको, विशेषबाट सभापति भएपछि सभापति गगन थापासँग सम्पर्क टुटेको र अदालतको फैसला सम्मान गर्नुको विकल्प नभएको बताउँदै फेरि कांग्रेसमै जोडिनुको विकल्प नभएको बताएका छन् ।

    रिजालसँगको सम्वादपछि सभापतिका उम्मेदवार थापाले सबै नेताहरुको क्षमताअनुसारका व्यवस्थापनबारे आफ्नो धारणा र मान्यता कायम रहेको भन्दै रिजाललाई धन्यवाद दिएका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार