२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

       
    काठमाडौं, १९ असोज । आइएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ । काठमाडौं धन्वन्तरी फुटसल मैदानमा भएकाे खेलमा आइएमई वारिएरलाइ  ५–१ को फराकिलो  अन्तरले हराउँदै खेलमा स्वीफ्ट टेक्नोलोजीले उपाधि जितेकाे हाे ।  


    images

    स्वीफ्ट टेक्नोलोजीले एक लाख नगद प्राप्त गर्याे । आइएमई वारिएरले ५० हजार प्राप्त गर्यो । यसअघि प्रतियोगिताको उद्घाटन शत्रलाई सम्बोधन गर्दै आइएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपको आयोजनामा भएको यो खेलले ग्रुपका प्रत्येक कर्मचारीबीच सौहार्दता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 


    त्यस्तै, कार्यक्रममा ट्रफी हस्तान्तरण गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले खेलमा सहभागी प्रत्येक समूहले उत्तिकै शानदार प्रदर्शन गरेको बताए । उनले आगामी वर्षको खेलका लागि थप ऊर्जाका साथ सहभागिता जनाउन प्रत्येक समूहलाई शुभकामना पनि दिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार