काठमाडौं, असोज २० । नेपाली कांग्रेसको उपसभापति पदका लागि अहिलेसम्म १२ जनाको उम्मेदवारी परेको छ ।
डा.मिनेन्द्र रिजाल, धनराज गुंरुग, चन्द्र भण्डारी, देवराज चालिसे, दीपक गिरी, मधु आचार्य, विनोदकुमार चौधरी, फरमुल्लाह मंसुर, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, जीवन परियार र प्राडा. चन्द्रमोहन यादवको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म भएकाले यो संख्या अझै बढ्ने बताइएको छ ।
कांग्रेसको संशोधित विधानअनुसार एक महिलासहित ३ उपसभापति रहन्छन् । त्यस्तै वरिष्ठ उपसभापति पद पनि थपिएको छ ।



