२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः रङ्गीचङ्गी बकेट कुर्सीदेखि स्वागतद्वारसम्म अन्तिम चरणमा तयारी (फोटो फिचर)

एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः रङ्गीचङ्गी बकेट कुर्सीदेखि स्वागतद्वारसम्म अन्तिम चरणमा तयारी (फोटो फिचर)

साझा पोष्ट
बिहीबार , असोज २२ २०८३
  • images
    images
    एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः रङ्गीचङ्गी बकेट कुर्सीदेखि स्वागतद्वारसम्म अन्तिम चरणमा तयारी (फोटो फिचर)

    काठमाडौं, असोज २२ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुहार फेरिन थालेको छ ।


    images

    आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तिब्र गतिमा भइरहेको छ ।

    tu5.jpg

    एनपीएलको तेस्रो संस्करण शुरु हुनुपूर्व नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेंलो, रातो, सुन्तला र सेतो रङका हजारौँ बकेट कुर्सीहरू जडान गरिएका छन् । मैदानको गोलाईअनुसार व्यवस्थित रूपमा मिलाइएका यी कुर्सीहरूले रंगशालालाई बेग्लै भव्यता प्रदान गरेका छन् । क्यान स्रोतकाअनुसार प्रत्येक सिटलाई निश्चित नम्बरिङ गरी दर्शकलाई सहजै आफ्नो स्थान पहिचान गर्न सकिने प्रणाली लागू गरिँदैछ ।

    यसबाट दर्शकहरू बीचको अव्यवस्था र धकेलाधकेल अन्त्य भई सुरक्षित वातावरणमा खेल अवलोकन गर्न सकिनेछ । टि–२० क्रिकेटको मुख्य आकर्षण भनेकै चौका र छक्काको वर्षा र तिब्र गतिको खेल हो । यसलाई मनन गर्दै त्रिवि मैदानको केन्द्रिय पिच स्क्वायर (एष्तअज क्त्रगबचभ) र आउटफिल्डलाई विशेष शतर्कताका साथ स्याहार गरिँदैछ ।

    tu3.jpg

    स्थानीय क्युरेटर तथा मैदानकर्मीहरू बिहानैदेखि स्वचालित लन मोवर मेसिन चलाएर घाँसको लम्बाइ बराबर पार्न र रोलरमार्फत पिचको कडापन बढाउन जुटिरहेका छन् । आउटफिल्डमा हरियो दुबोलाई सन्तुलित पानी र मलखाद दिई चिल्लो गलैँचाजस्तै बनाइएको छ, जसले गर्दा खेलाडीहरूलाई बाउन्ड्री लाइन नजिकै डाइभ लगाउँदा घाइते हुने जोखिम निकै न्युन हुनेछ ।

    tu8.jpg

    बलले जमिन छुँदा द्रुत गतिमा सीमाना पार गर्ने किसिमको आउटफिल्ड तयार भइरहेको प्राविधिक टोलीले जनाएको छ । मैदान परिसरमा सिभिल इन्जिनियरिङ र निर्माणको काम पनि उत्तिकै द्रुत गतिमा अघि बढिरहेको छ । कामदारहरूले बालुवा, गिट्टी र रातो इँटाको प्रयोग गरी नयाँ दर्शक मञ्च, खेलाडी प्रवेश मार्ग र मञ्चको जग उठाइरहेका छन् । त्यस्तै, फलामका मजबुत ट्रस र बिमहरूमा दक्ष प्राविधिकहरूले वेल्डिङ गर्दै अन्तर्राष्ट्रिय कमेन्ट्री बक्स, प्रत्यक्ष टेलिभिजन प्रशारण क्यामेरा प्लेटफर्म र विशिष्ट अतिथि लाउन्जको निर्माण कार्यलाई पूर्णता दिइरहेका छन् ।

    tu77paras.jpg

    विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदैछ । मैदानभित्र मात्र होइन, बाहिर कीर्तिपुर जाने सम्पूर्ण सडकमा समेत क्रिकेटको उत्सव छाएको छ । काठमाडौंबाट त्रिवि मैदानतर्फ जाने मुख्य सडकमा एक्सट्रिम इनर्जी ड्रिंक, ओमोडा–जाईकु लगायतका मुख्य प्रायोजकहरू र जनकपुर बोल्ट्सका मार्की खेलाडी रोहित पौडेललगायत विभिन्न फ्रेन्चाइज टिमका खेलाडीहरूको तस्बिरसहितको भव्य स्वागतद्वार ठडिएको छ ।

    tu99.jpg

    सडकका बिजुलीका पोलहरूमा कामदारहरूले अग्ला भ¥याङ चढेर एनपीएलका आकर्षक ब्यानर र प्रचार सामग्री टाँसिरहेका छन् । यसले स्थानीय बासिन्दा तथा खेल हेर्न आउने समर्थकहरूमा अभूतपूर्व उत्साह जगाएको छ । प्रतियोगिता अवधिभर अत्यधिक दर्शकको चाप हुने सम्भावनालाई दृष्टिगत गर्दै नेपाल प्रहरी र आयोजकले कडा सुरक्षा योजना तयार पारेका छन् । खेल मैदान परिसरमा सीसीटीभी क्यामेरा, मेटल डिटेक्टर र सुरक्षा जाँच चौकिहरू रहनेछन् ।

    tu15.jpg

    दर्शकका लागि डिजिटल टिकट अनिवार्य गरिनेछ जसबाट दर्शकले आफ्नो निर्धारित गेट र सिट नम्बर सजिलै पत्ता लगाउन सक्नेछन् । साथै, सवारी साधन पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ । आगामी कात्तिक ९ गते उद्घाटन खेलसँगै नेपाली क्रिकेटले नयाँ युगमा पाइला टेक्नेछ ।

    तस्बिरहरुः नेपाल फोटो सर्भिस (एनपिएस)

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार