काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई शपथ गराएका हुन् ।
आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।
वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो ।
वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।



