२०८३, असोज २७ गते

मंगलबार, असोज २७ गते २०८३

मंगलबार, असोज २७ गते २०८३

पोखरामा बस दुर्घटना हुँदा चार विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरामा बस दुर्घटना हुँदा चार विद्यार्थीसहित ५ जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    पोखरामा बस दुर्घटना हुँदा चार विद्यार्थीसहित ५ जनाको मृत्यु

    कठमाडौं, असोज २३ । पोखरा महानगरपालिका वडानंबर २८ कालिकामा स्कुलबस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । पोखरा-२८ को माझथानाबाट ट्युसन पढ्ने बिद्यार्थी बोकेर गुडिरहेको ग २ ख १४१७ नम्बरको बस स्कुलबस ओख्ले भीरमा दुर्घटना भएको हो। 


    images

    दुर्घटनामा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

    बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार