२०८३, असोज २६ गते

सोमबार, असोज २६ गते २०८३

सोमबार, असोज २६ गते २०८३

कांग्रेसको  उपसभापतिमा चन्द्र भण्डारी, मधु  आचार्य र विनोद चाैधरी विजयी, महामन्त्रीमा प्रदीप र उदयशमशेरकाे जित

कांग्रेसको  उपसभापतिमा चन्द्र भण्डारी, मधु  आचार्य र विनोद चाैधरी विजयी, महामन्त्रीमा प्रदीप र उदयशमशेरकाे जित

साझा पोष्ट
आइतबार, असोज २५ २०८३
  • images
    images
    कांग्रेसको  उपसभापतिमा चन्द्र भण्डारी, मधु  आचार्य र विनोद चाैधरी विजयी, महामन्त्रीमा प्रदीप र उदयशमशेरकाे जित

    काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सकिएकाे छ। अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।


    images


    महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।


    उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीलाई सर्वाधिक मत

    उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। विजयी भएका ई. मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन्।


    अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
    समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित
    उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।
    यसैगरी, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

    महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी

    महामन्त्री खुलातर्फको मतगणनामा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन्। अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

    महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी

    महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रिता खनालले ८०४ मत प्राप्त गरेकी छन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार