काठमाडौं,असोज २९ । रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा रोमामाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।
बुधबार राति रोमाको घरेलु मैदान स्टाडियो ओलम्पिकोमा भएको खेलमा रियलले अन्तिम सात मिनेटभित्र तीन गोल गर्दै रोमाञ्चक जित निकालेको हो । ३ १ ले पछि परेको अवस्था उल्ट्याउँदै रियलले जित निकाल्यो । दुबै टोली आक्रमकरुपमा प्रस्तुत हुँदा सात गोल निस्कियो ।
रियालको जितमा केलिएन एम्बाप्पे, कार्लोस इस्पी, इन्द्रिक र एन्टोनिओ रुडिगरले गोल गरेका थिए । रोमाको लागि डनयेल मालेनले दुई गोल गर्दा मार्टन डि रुनले एक गोल थपेका थिए ।
खेलमा अग्रता रियालले बनाएपनि ८२औं मिनेटसम्म रोमा ३–१ ले अग्रता लिन सफल भएको थियो । तर, जोसे माउरिन्होको रियालले अन्तिम ८ मिनेटमा तीन गोल गर्दै जित निकाल्न सफल भयो



