२०८३, कात्तिक २ गते

आइतबार, कात्तिक २ गते २०८३

आइतबार, कात्तिक २ गते २०८३

मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले बुझाए राजीनामा

मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले बुझाए राजीनामा

साझा पोष्ट
शुक्रबार, असोज ३० २०८३
  • images
    images
    मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले बुझाए राजीनामा

    जनकपुरधाम,असोज ३० । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा एमालेबाट मन्त्री रहेकाहरूले शुक्रवार नै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएका हुन् । त्यस्तै एमालेका मन्त्रीहरुले प्रदेशप्रमुख डा। सुरेन्द्र लाभलाई समेत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।


    images

    मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन  । मधेस प्रदेशमा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् ।  गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत  छ । 


    सरकार गठन गर्ने बेलामा १५ बुँदे सहमति भएको र सहमतिअनुसार मुख्यमन्त्रीले काम नगरेको र चालु आर्थिक वर्षमा पनि बजेटमा पनि नेपाली काँग्रेसले मनोमानी ढंगले योजना राख्दा सहमति कायम रहन नसकेको एमालेका मधेस प्रदेश प्रमुख सचेतक हरिनारायण महतोले बताए ।

    नयाँ सरकार कसरी बन्ने भन्नेबारेमा थप छलफल गरी अघि बढ्ने उनको भनाइ छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके कुनै एक दलसँग सहकार्य गरेर सरकार बनाउने बताए । उनले चालु आ.व.का बजेटमा काँग्रेसले एकपक्षिय हिसावले बजेट बनाएको र एमालेले असन्तुष्टि जनाउँदै आएको बताए । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार