काठमाडौं, असोज ३१। लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ परेका छन् ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार भट्टलाई शनिबार साँझ ललितपुरबाट पक्राउ गरिएको हो । इनाम सापकोटासँगको कारोबार तथा कनेक्सन जोडिएपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



