काठमाडौं,कात्तिक १ । काठमाडौँबाट खोटाङ जाँदै गरेको टाटासुमो आज बिहान सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको छ।
को १ ज २९७६ नम्बरको टाटा सुमो आज बिहान २:३० बजे सिन्धुली फिक्कल गा.पा. वडा नं.०६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल सुनकोसी नदीमा खसेको सिन्धुलीको रत्नावतीस्थित प्रहरी चौकीे जनाएकाे छ ।
घटनास्थलमा ३ जना महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।
चालकसहित २ पुरुष, १ महिला र एक बालिकालाई उद्धार गरी उपचारमा पठाइएको छ। ३ जना बेपत्ता छन्। विस्तृत विवरण आउन बाँकी छ।



