२०८३, कात्तिक ४ गते

मंगलबार, कात्तिक ४ गते २०८३

मंगलबार, कात्तिक ४ गते २०८३

प्युठान कारागारमा कैदी मृत फेला

प्युठान कारागारमा कैदी मृत फेला

साझा पोष्ट
आइतबार, कात्तिक २ २०८३
  • images
    images
    प्युठान कारागारमा कैदी मृत फेला

    बुटवल, कात्तिक १ । जिल्ला कारागार प्युठानमा एक कैदी मृत फेला परेका छन् । गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुमभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।


    images


    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार दिउँसो करिब २ बजे नुहाउन बाथरुम गएका घर्ती लामो समयसम्म बाहिर ननिस्किएपछि अन्य कैदीबन्दीले ढोका खोलेर हेर्दा उनी कपडा झुण्ड्याउने हुकमा डोरीको पासो लगाएको अवस्थामा फेला परेका थिए।


     प्रहरीले कैदीबन्दीको सहयोगमा घर्तीलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल बिजुवार पुर्‍याएकोमा  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार