२०८३, कात्तिक ४ गते

मंगलबार, कात्तिक ४ गते २०८३

मंगलबार, कात्तिक ४ गते २०८३

सञ्चालनमा आयो आरुघाटकाे बेलीब्रिज

सञ्चालनमा आयो आरुघाटकाे बेलीब्रिज

साझा पोष्ट
सोमबार, कात्तिक ३ २०८३
  • images
    images
    सञ्चालनमा आयो आरुघाटकाे बेलीब्रिज

    काठमाडौं,कात्तिक २ । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।


    images

    नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । बूढीगण्डकी नदीमा गत असोज २५ गते बिहानपख आकस्मिक बाढी आएको थियो । सोही बाढीले आरुघाटको पक्की पुल बगाएको थियो । पुल बगाएको ९ दिनमै सम्पन्न भएको हो ।

    असोज ३१ गतेदेखि सुरु भएको निर्माण कार्य आज सम्पन्न भएको हो । २७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। हाल पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न खुला गरिएको छ। ठूला सवारीसाधन भने सञ्चालनमा आइसकेका छैनन्।

    बूढीगण्डकी नदीमा आएको बाढीले यसअघि रहेको पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। बेलीब्रिज निर्माण भएसँगै नदी वारपार गर्न सहज भएको छ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार