काठमाडौं,कात्तिक १ । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा आइतबार साँझ उनीमाथि गोली प्रहार भएको हो । टाइगर सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीमा गोली हानेका थिए ।
जुहूस्थित पुष्पा पार्कनजिक फुटबल खेलेर घर फर्किने क्रममा श्रफको गाडीमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट श्रफलाई भने चोट लागेको छैन ।
उनका गाडी चालक र एक रिक्साचालक घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।




