काठमाडौं, कात्तिक १८ । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।
उनी कर्णाली याक्सबाट एनपीएल खेल्न बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिग खेलेका छन् ।
मिलर एनपीएलको तेस्रो संस्करणमा जोडिएका सबैभन्दा हाइप्रोफाइल क्रिकेटर हुन् । उनी अहिले पनि दक्षिण अफ्रिकी एकदिवसीय र टी–२० टिममा मध्यक्रमका प्रमुख खेलाडी हुन् । कर्णालीको अबको खेल शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध छ ।



