काठमाडौं, कात्तिक १८ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिलामा विदेश सचिव मिश्री नेपाल आएका हुन् ।
स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन् । उनले प्रधानमन्त्री शाहसँग पनि भेट्ने बताइएको छ ।
भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ ।



