२०८३, कात्तिक १९ गते

बुधबार, कात्तिक १९ गते २०८३

बुधबार, कात्तिक १९ गते २०८३

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

साझा पोष्ट
बुधबार, कात्तिक १९ २०८३
  • images
    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    images

    काठमाडौं, कात्तिक १८ ।  प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैदेखि भेटघाट थालेका छन् ।


    images

    काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
    भेटवार्तामा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ। 

    नेपालको दुई दिने भ्रमणका क्रममा उनी आजै काठमाडौं आइपुगेका थिए। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिश्रीले समकक्षी राईसँग बुधबारै द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ। 

    मंसिर पहिलो साता हुने प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा मिस्री नेपाल भ्रमणमा आएका हुन्। उनी बिहीबार दिल्ली फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएके छ। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार