२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

एनपिएल: जनकपुरले टस जित्यो, लुम्बिनी ब्याटिङ गर्दै

एनपिएल: जनकपुरले टस जित्यो, लुम्बिनी ब्याटिङ गर्दै

साझा पोष्ट
बिहीबार , कात्तिक २० २०८३
  • images
    एनपिएल: जनकपुरले टस जित्यो, लुम्बिनी ब्याटिङ गर्दै
    images

    काठमाडौं, कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपिएल)  आज साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबिच खेल हुँदैछ । 


    images

    कीर्तिपुरमा टस जितेर जनकपुरले बलिङ रोजेको छ। लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ।  

    साविक विजेता लुम्बिनी यो सिजनको एक मात्रअपराजित टोली हो । ३ खेलमा २ खेल जितेको लुम्बिनीको चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। 

    यसपटक लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो। 

    पहिलो संस्करणको विजेता जनकपुरले ४ खेलमा समान २ जित र हार बेहोरेको थियो। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले हारेको थियो । त्यसपछि लगातार २ खेल जितेको जनकपुर पछिल्लो खेलमा विराटनगर किंग्ससँग २ रनले पराजित भएको थियो । 

    जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेट र पोखरालाई ९ रनले हराएको थियो। आजै दोस्रो खेल काठमाडौं गोर्खाज र विराटनगर किंग्सबिच हुनेछ । 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार