२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

एनपीएल: लुम्बिनीले जनकपुरलाई दियो १ सय ५० रनको लक्ष्य

एनपीएल: लुम्बिनीले जनकपुरलाई दियो १ सय ५० रनको लक्ष्य

साझा पोष्ट
बिहीबार , कात्तिक २० २०८३
  • images
    एनपीएल:  लुम्बिनीले जनकपुरलाई दियो १ सय ५० रनको लक्ष्य
    images

    काठमाडौं, कात्तिक १९ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।


    images

    कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले  २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो ।

    उसका लागि कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।

    बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार