२०८३, कात्तिक २३ गते

आइतबार, कात्तिक २३ गते २०८३

आइतबार, कात्तिक २३ गते २०८३

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

साझा पोष्ट
आइतबार, कात्तिक २३ २०८३
  • images
    सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
    images

    काठमाडौं, कात्तिक २२ । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । उनीहरूको पहिचान अझै खुलेको छैन।
    जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गए राति पौने १२ बजे ठक्कर दिएको थियो ।
    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कोसी अस्पताल, विराटनगर पठाएकोमा अस्पताल पुर्‍याउनासाथ राति १२:११ बजे डाक्टरले मृत घोषणा गरेका थिए। 


    images

    मृतक दुवै जना अन्दाजी ३०–३५ वर्षका पुरुष छन्। उनीहरूको पहिचानको प्रयास भइरहेको डीएसपी खड्काले जानकारी दपए। दुर्घटनामा संलग्न ट्रकका चालक फरार रहेकन छन्।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार