काठमाडौं, कात्तिक २७ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनी पाँच दिन रुसमा रहने छन् ।
उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि सहभागी छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा हुने विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुसको राजधानी मस्काेतर्फ उडेका हुन्।
‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलन नोभेम्बर १४ देखि १७ सम्म हुँदै छ। सम्मेलनमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहने छ।



