शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

फिल्म निर्देशक थापा विरुद्ध प्रहरीमा उजुरी

फिल्म निर्देशक थापा विरुद्ध प्रहरीमा उजुरी

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    फिल्म निर्देशक थापा विरुद्ध प्रहरीमा उजुरी
    images
    काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा विरुद्ध पत्रकार सुजन श्रेष्ठले प्रहरीमा उजुरी दिएका छन् । फोनमा कानको जाली फुटाउने धम्की दिएको भन्दै पत्रकार सुजन श्रेष्ठले थापा विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उनले काठमाडौं महानगरीय प्रहरी परिसरमा थापाविरुद्ध उजुरी दिएका हुन् । सुदर्शन थापा निर्देशित फिल्म सम्हालिन्छ कहिले मनका बारेमा श्रेष्ठले लेखेको समाचार प्रति आपत्ति जनाउँदै थापाले फोनमा धम्कि दिएको अडियो सामाजिक सञ्जालमा यस अघि नै सार्वजनिक भएको छ । आज उजुरी दिएपछि पत्रकार श्रेष्ठले फेसबुकमा लेखेका छन् : म मेन्टल्ली धेरै टर्चर्ड भैरहेको छु । जति पटक त्यो अडियो मेरो कानमा पर्छ त्यति पटक नै मलाई डोमिनेट फिल भइरहेको छ । धेरै जनासँग सल्लाह लिएँ । धेरै जनाको कुरा सुनेँ । तर, म डोमिनेट फिल गरिरहेर बस्न सकिनँ । मलाई कसैसँग दुस्मनी गर्न मन पनि हैन र गरेको पनि हैन । यो बस मेरो आत्मासम्मानको लागि हो । साँचो बोल्दा र साँचो लेख्दा कोही यसरी डोमिनेट हुन नपरोस् र कसैमाथि यस्तो धम्की नआओस् भन्नका लागि पनि मैले प्रहरीमा उजुरी दिएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार