मंगलबार, वैशाख २५ गते २०८१
Logo
मंगलबार, वैशाख २५ गते २०८१

डढेलो निभाउने क्रममा बागलुङमा एक जनाको मृत्यु, २ जना घाईते

डढेलो निभाउने क्रममा बागलुङमा एक जनाको मृत्यु, २ जना घाईते

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    डढेलो निभाउने क्रममा बागलुङमा एक जनाको मृत्यु, २ जना घाईते
    images

    काठमाडौं ।  आगलागीमा परी बागलुङमा एकजानको मृत्यु भएको छ ।  दुईजना घाइते भएका छन्। जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगो लाग्दा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो ।  ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका छन् । 


    images
    images


    शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुगेका उनीहरु आगोको लप्कामा परेका हुन । विहान ११ बजेदेखि बेपत्ता भएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए। घाइते बुढा मगर र घर्ती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार