काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाब किङस र कोलकाताबीचको खेलमा रनको वर्षाका भएको छ । यो खेलमा कयौं कीर्तिमान कायम भएका छन् ।
पञ्जाबले अहिलेसम्मकै ठूलो २६२ रनको लक्ष्य पुरा गर्दै विश्व कीर्तिमान कायम गरेको छ । टी २० मा यो अहिलेसम्मकै ठूलो रन चेज हो । यसअघि दक्षिण अफ्रिकाले वेस्टइण्डिजविरुद्ध २५९ रनको लक्ष्य पछ्याएको थियो । यस्तै यो खेलमा सर्वाधिक ४२ छक्का प्रहार भएका छन् । पञ्जाबले २४ र कोलकाताले १८ छक्का हान्यो । यस्तै पञ्जाबले १५ चौका र कोलकाताले २२ चौका हान्यो ।
खेलमा ५२३ रन बन्यो । २६१ रन कोलकाता र २६२ रन पञ्जाबले बनायो । जसमध्ये छक्काबाट २५२ र चौकाबाट १४८ रन बन्यो । कुल ५२३ रन मध्ये ४०० रन बाउण्डीबाट बनेको छ । पञ्जाबले छक्काबाट १४४ र चौकाबाट ६० तथा कोलकाताले छक्काबाट १०८ र चौकाबाट ८८ रन जोडयो ।