बुधबार, जेठ २ गते २०८१
Logo
बुधबार, जेठ २ गते २०८१

ओलीलाई प्रचण्डको जवाफ : मंसिर ४ तपाईं पनि हेर्नुस्,हामी पनि हेर्छौं

ओलीलाई प्रचण्डको जवाफ : मंसिर ४ तपाईं पनि हेर्नुस्,हामी पनि हेर्छौं

साझा पोष्ट
शनिबार, असोज १ २०७९
  • images
    ओलीलाई प्रचण्डको जवाफ : मंसिर ४ तपाईं पनि हेर्नुस्,हामी पनि हेर्छौं
    images
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय प्रतिगामी नै भएको बताएका छन । प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको टिप्पणी गरे। " संविधानमा हुँदै नभएको, संसदबाट सरकार बन्ने संभावना हुँदा हुँदै संविधान विपरीतको विघटन प्रतिगमन नभएर के हो ? " प्रचण्डले भने । संसद विघटन गलत थियो भनेर स्वीकार गर्नुको साटो ओलीले आज पनि अहंकार देखाएको आरोप लगाए ।प्रचण्डले मंसिर ४ मा जनताले सही र गलत फैसला गर्ने भन्दै ओलीलाई जवाफ फर्काए । उनले आफुहरूले पनि हेर्ने भन्दै ओलीलाई  पनि हेर्न सुझाव दिए । "प्रतिपक्षी दलका नेताले हेरौंला भन्नुभयो,ठिकै छ मंसिर ४ गते हेर्ने । तपाईं पनि हेर्नोस, हामी पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने हो ।" प्रचण्डले भने- राष्ट्रियसभादेखि स्थानीय निर्वाचनले सन्देश दिए जस्तो लाग्छ ।"

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार