शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

एमालेले टुंगायो प्रदेश र प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार, भोली आयोगमा बुझाउने

एमालेले टुंगायो प्रदेश र प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार, भोली आयोगमा बुझाउने

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    एमालेले टुंगायो प्रदेश र प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार, भोली आयोगमा बुझाउने
    images
    काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र प्रदेश सभाका लागि २२० उम्मेदवारको नाम टुंगो लगाएको हो । प्रस्तावित नाम भोलि निर्वाचन आयोगमा बुझाउने एमालेको तयारी छ। निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बन्दसूची भोलि आयोगमा बुझाइने जानकारी दिए। गुरुङका अनुसार सबै क्लस्टरको प्रतिनिधित्व सुनिश्चित हुने गरी सूची तयार पारिएको छ। प्रस्तावित सूचीमा प्रतिनिधिसभातर्फ ३४ खसआर्य, ३२ जनजाति, १७ मधेसी, १५ दलित, ७ थारू र ५ मुस्लिम उम्मेदवार तय गरिएको छ। एमालेले प्रतिनिधिसभातर्फका कुल ११० समानुपातिकमध्ये ५७ जना महिला उम्मेदवार प्रस्ताव गरेको छ। प्रदेश १ का लागि २० महिलासहित ३७, मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा क्लस्टर सहित ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले जनाएको छ । लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेका छन् । सुदुरपश्चिम आदिवासी महिला १, खस आर्य १२,थारु ४, दलित ४ मधेसी १ मुस्लिम १ सिफारिस भएका छन् । छनोट गरेका नामहरूमा असोज १६ गतेसम्म फेरबदल हुनसक्ने एमालेले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार