सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टी समाप्त गर्ने खेल : माधव नेपाल

कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टी समाप्त गर्ने खेल : माधव नेपाल

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टी समाप्त गर्ने खेल : माधव नेपाल
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टीलाई समाप्त पार्ने खेल भएको टिप्पणी गरेका छन् ।


    images
    images

    युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कांग्रेसलाई दुश्मन घोषणा गरेको जान नहुने र त्यो गर्नु पार्टी खत्तम मात्रै पार्नु रहेको बताए । ‘कसैले कांग्रेसलाई शत्रु बनाउनुपर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो ।’ नेपालले भने । 

    कसैको बहुमत नआएकाले अहिले संसदमा उपस्थित सबै दलको भूमिका समान रहेको पनि नेपालले बताए । कसैले घमण्ड देखाउन नहुने पनि उनले बताए । 

     ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन् । त्यसमध्ये ६ वटा सरकारमा छन् । एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ ।’ नेपालले भने ।  त्यसैले कोही पनि घमण्डी नहोस् । दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो । तर, प्रधानमन्त्रीले लचकता देखाउनुभयो । अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ । अहिले विभिन्न प्रदेशमा हामीलाई स्थान दिइएको छ । 


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार