मंगलबार, वैशाख २५ गते २०८१
Logo
मंगलबार, वैशाख २५ गते २०८१

प्रिमियर कपको खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : रोहितकुमार पौडेल

प्रिमियर कपको खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : रोहितकुमार पौडेल

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    प्रिमियर कपको खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : रोहितकुमार पौडेल
    images

    काठमाडौं ।  नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले एसीसी प्रिमियर कपको खराब नतिजा बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० श्रृंखलामा राम्रो खेल्ने बताएका छन् । नेपालले शनिवारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्नु अघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले सबै ध्यान यसैमा केन्द्रीत रहेको बताए ।   
     उनले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको र ओमानमा टुर  सुखद् नरहे पनि यो श्रृंखलाबाट राम्रो तयारी गर्ने बताए । उनले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्ट मध्ये एक श्रृंखला रहेको पनि बताए ।


    images
    images

    पौडेलले आफ्नो टोलीको लक्ष्य वेस्ट इन्डिज ‘ए’विरुद्ध धेरैभन्दा धेरै रन बनाउने र बलरलाई मौका दिने रहेको बताए । 
    ‘टियूको कन्डिसन हेर्दा ब्याट्सम्यानहरूलाई फेभर गरिरहेको हुन्छ। बलिङमा अलिकति संघर्ष गरिरहेका हुन्छौँ, स्पेसली डेथ ओभर,’ उनले भने,‘ग्राउन्डको डाइमेन्सन हेर्ने हो भने बलिङहरूलाई अलिक च्यालेन्ज गरिरहेको हुन्छ। त्यसलाई कभर गर्छौँ। र, ब्याटिङ युनिटले भने धेरै भन्दा धेरै रन बनाएर बलिङ  युनिटलाई मार्जिन दिने।’  

    वेस्ट इण्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो श्रृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यहाँबाट आफ्ना खेलाडीलाई प्रमाणित गर्ने अवसर रहेको बताए ।

    उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि जानकारी दिए । कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरे । यहाँबाट छनोट नहुने खेलाडीले विश्वकप पछाडि पनि क्रिकेट हुन्छ भन्ने मनमा लिने उनको विश्वास छ । 

    nepal_wi_1.jpg

    नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इण्डिज क्रिकेटसँगको श्रृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गरे । प्रशिक्षक मोन्टीले यो शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने आशा व्यक्त गरे । 
    वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको बताए । 

    उनले नेपालमा पनि प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै यो श्रृंखला राम्रो रहने आशा व्यक्त गरेका छन् । नेपालको पिच कन्डिसन केही स्लो रहेको पनि उनको बुझाइ छ । करिव १५ हजार दर्शकमाझ खेल्ने रमाइलो हुने प्रशिक्षक रेइफरको विश्वास छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार