मंगलबार, वैशाख २५ गते २०८१
Logo
मंगलबार, वैशाख २५ गते २०८१

सांसद आचार्यको चुनावी वाचा पुरा गर्ने प्रधानमन्त्रीको घोषणा

सांसद आचार्यको चुनावी वाचा पुरा गर्ने प्रधानमन्त्रीको घोषणा

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    सांसद आचार्यको चुनावी वाचा पुरा गर्ने प्रधानमन्त्रीको घोषणा
    images

    विराटनगर ।   प्रधानममन्त्री प्रचण्डको शुक्रबारको प्रतिबद्धतासँगै मोरङको गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यसै वर्ष सुरु हुने  भएको छ ।


    images
    images

     पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्न ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माण योजनालाई बजेटमा समावेश गर्ने घोषणा गरेका हुन् । 
    मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा १ का सांसद एवम् पूर्वमन्त्री जीवन आर्चायले चुनावका बेला विराटनगर क्षेत्रका मुहार फेर्न यो क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने वचन दिएका थिए । र, त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाचा पुरा गर्ने बताएका थिए, त्यसै अनुसार अब काम अघि बढ्ने भन्दै सांसद आचार्यले खुशी व्यक्त गरेका छन् ।  सामाजिक सञ्जा मार्फत आचार्यले प्रधानमन्त्री धन्या दिएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार