शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

गुल्मीका युवाले दुबईमा जित ३५ करोडको चिट्ठा

गुल्मीका युवाले दुबईमा जित ३५ करोडको चिट्ठा

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    गुल्मीका युवाले दुबईमा जित ३५ करोडको चिट्ठा
    images
    काठमाडौं । दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जितेका हुन् । यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उनले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्छन । भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने प्रतिक्रिया दिएका छन् । यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा भरतले चिट्ठा जिते पनि कार धुने काम नछाड्ने बताएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार