आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाईते 

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाईते 

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । आठ जना घाईते भएका छन ।  कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साझा पोष्ट
शनिबार, असोज १५ २०७९
  • images
    धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाईते 
    images

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । आठ जना घाईते भएका छन । 


    images
    images

    कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५र२६ वर्षका सद्दाम अन्सारी र  ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको प्रहरीले जनाएको छ । । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने महोत्सवका लागि स्टल बनाउन रड,फलामका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया हरु
    थप समाचार